७ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

भैंसीले हानेर एक जनाको मृत्यु

सोलुखुम्बु –भैंसीले हानेर सोलुखुम्बुमा एक जनाको ज्यान गएको छ। । सोताङ गाउँपालिका–१ बस्ने ६९ वर्षिय गम्थ बहादुर बस्नेतको मृत्यु भएको हो।

बाटोमा हिँडिरहेको अवस्थामा उनलाई मंगलबार सोही ठाउँका टेक बहादुर बस्नेतको भैंसीले हानेको थियो। बिहान ११ बजे भैसीले हानेर घाइते भएका बस्नेतलाई आफन्तले भेटेर अस्पताल लगेका थिए। तत्काल उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सोताङले जनाएको छ।

प्रकाशित: २१ चैत्र २०७४ ०८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App