उपसभामुख इन्दिरा रानाले वायु प्रदूषणसम्बन्धी नीति बनाइने बताएकी छिन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएकी हुन । उनले खुला फोरममार्फत सांसदहरूसँग बसेर वायु प्रदूषण सम्बन्धी नीति बनाउनेबारे छलफल गरिरहेको बताइन । उनले जलवायु परिवर्तन र वायु प्रदूषणका कारण ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरूलाई धेरै असर परिरहेको भन्दै सोबारेमा बुलन्द आवाज उठाउनुपर्ने बताइन । शिक्षामा समावेशी ढाँचा हुनुपर्ने बताइन ।
उपसभामुख रानाले महिला, बालबालिकाहरूका लागि सरकारले छुट्टाएको बजेट कम रहेको भन्दै आपत्ति जनाइन । उनले कानुन बनाएर मात्रै नहुने भन्दै बनाएका कानुनहरूको कार्यान्वयन गर्न जोड दिइन ।
प्रकाशित: २२ भाद्र २०८१ १५:१६ शनिबार