१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

म्याजिक भ्यान दुर्घटना हुँदा ८ जना घाइते

कोशी राजमार्गअन्तर्गत मोरङको बुढीगंगामा सोमबार म्याजिक भ्यान दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।  

बुढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा ट्रकलाई जोगाउने क्रममा म्याजिक भ्यान दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार को १ ज २१५० नम्बरको म्याजिक भ्यानले ना ३ ख १०७१ नम्बरको ट्रकलाई बचाउन खोज्दा आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो । सडक क्रस गर्दै गरेको ट्रकलाई जोगाउने क्रममा म्याजिक सडकमा पल्टिएको हो । 

घाइते हुनेमा म्याजिक चालक सुनसरीको दुहबी नगरपालिका–८ का २९ वर्षीय केदार बर्मा, दुहबी–४ का ३५ वर्षीया सैफुन खातुन, ३३ वर्षीया ममिना खातुन, हरिनगरा गाउँपालिका–२ की ३५ वर्षीया हदिशा खातुन र मोरङको रंगेली नगरपालिका–२ की ४२ वर्षीया सुनीता माझी, बुढीगंगा–४ की ३३ वर्षीया आरती पोद्दार, बुढीगंगा–५ की २९ वर्षीया सपना बस्नेत र ५२ वर्षीया मंगलमाया बस्नेत छन् ।

घाइते सबै विराट शिक्षण अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।  म्याजिक, ट्रक र ट्रकका चालक मोरङको ग्रामथान गाउँपालिका–३ का २६ वर्षीय सञ्जय ऋषिदेवलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । 

प्रकाशित: १७ भाद्र २०८१ १८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App