३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

कस्तो छ तपाईंको आजको राशिफल?

मेष राशिः परिवारका सदस्यमा सामान्य चर्मरोग देखा पर्न सक्ने छ। सहयोग लिएर कार्य गर्नु होला। नियमित गरिने व्यापार व्यवसायमा लाभ देखिन्छ। नयाँ कार्यमा रुची लिनु होला। पठन पाठनमा रुची बढ्ने छ।

वृष राशिः नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ।  वैदेशिक कार्यमा सफलता प्राप्त हुने देखिन्छ। धार्मिक कार्यमा रुची बढ्ने देखिन्छ। धन आर्जन हुने योग देखिन्छ। व्यापार व्यवसाय गर्नेलाई दिन हल्का राम्रो छ।  

मिथुन राशिः सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। प्रयास गर्दा आर्थिक प्राप्तिमा कम सफलता मिल्नेछ। रोजगारीको अवसर ढिला मिल्ने समय छ। गृह निर्माणको योग छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ।

कर्कट राशिः स्वास्थ्यमा  बिकार आउने देखिन्छ। विद्यार्थीका लागि पढाई राम्रो रहेको छ।  केही व्यक्तिले धन खर्च गराउन सक्ने छन्। व्यापारमा हल्का फल प्राप्त हुनेछ। उन्नति प्रगतिमा सन्तोष हुने दिन छ।

सिंह राशिः धन खर्च हुने योग देखिन्छ। दाम्पत्य जीवनमा सुख शान्ति मिल्ने छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। उत्साहित हुने समय छ। प्राविधिक क्षेत्रमा लगानी गर्दा मध्यम हुन्छ।

कन्या राशिः प्रेमिहरुका लागि राम्रो हुने दिन छ। धातु सम्बन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। अध्ययनमा सफलता मिल्ने योग छ।  

तुला राशिः परिवारमा अर्थ व्यय हुने योग देखिन्छ। उदर रोग देखा पर्न सक्ने छ। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु मध्यम छ। अध्ययन, लेखनको कार्य सुरु गर्नु राम्रो होला। कार्य गर्दा बिचारपूर्वक गर्नुहोला।

वृश्चिक राशिः बाहिरी काममा सामान्य मतभिन्न हुन सक्ने छ। जीवनसँगीसँग प्रेम सद्भाव रहने छ। व्यापारको काम गर्दा विचार पु¥याएर गर्नुहोला। छोटो यात्रा गर्नु राम्रो होला। पढाइमा सफलता मिल्ने छ।  

धनु राशिः पढाईको क्षेत्रमा थोरै बाधा आउने छ। व्यवसायमा फल प्राप्तिको समय त्यति शुभ छैन। राजनीतिक क्षेत्रमा दिन राम्रो छ। भेटघाटमा सहभागी हुनुपर्नेछ। स्वजनबाट धन व्यय योग छ।

मकर राशिः दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। ज्ञान क्षेत्रमा रुची बढ्ने छ। आँखामा सामान्य रोग देखा पर्नेछ। मधुर भोजन र पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ।

कुम्भ राशिः भूमिसम्बन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ। वाणी सफल हुने योग छ। बिलासी खानपानमा रुची नगर्नु वेस हुन्छ।

मीन राशिः व्यापार व्यवसायमा आर्थिक लाभ हुने योग छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। पढाई, लेखाईमा समय राम्रो छ। वैदेशिक यात्राको समय देखिन्छ। साथीभाइसँग रमाईलो भेटघाट हुनेछ। 

प्रकाशित: १४ भाद्र २०८१ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App