२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

इन्जिनियर्स एसोसियनको निर्वाचन: बरालको नेतृत्वमा सिडेनद्वारा प्यानल घोषणा

इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनका लागि नेपाली कांग्रेसनिकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले सुवासचन्द्र बरालको नेतृत्वमा प्यानलको घोषणा छ ।  सिडेनलले २४ वर्ष लामो इन्जिनियरिङ अनुभव भएका बरालको नेतृत्वमा निर्वाचनमा जाने घोषणा गरेको हो । 

भदौ २८ गते ३४ औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि इन्जिनियरिङ एसोसिएसनको निर्वाचन हुँदै छ । सोही निर्वाचनका लागि सिडेनले घोषणा गरेको प्यानलको उपाध्यक्षमा प्रकाश केसी र महासचिवमा विनोदप्रकाश पण्डित प्यानलमा परेका छन् ।

यस्तै उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सह कोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल उम्मेदवार बनेका छन् ।

यस्तै केन्द्रीय सदस्यमा  यमकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ, अनिल पौडेल, सञ्जयकुमार साह, नेत्रप्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रमकुमार दास,  प्रियङ्का गुप्ता र  जयकिसुन रायलाई सिडेनले प्यानलमा राखेको छ । 

सिडनेले सहमतिमै प्यानल टुंगो लगाएको जनाएको छ । इन्जिनियरिङ एसोसिएसनमा यसअघि पनि सिडेन नेतृत्वको लोकतान्त्रिक समूह नै विजयी भएको थियो । 

अहिले अध्यक्षमा उम्मेदवार सारिएका बराल चितवनका स्थानीय बासिन्दा हुन् । उनी दुई दशकदेखि ऊर्जा क्षेत्रमा सक्रिय पात्र हुन् । उनी २४ वर्षदेखि जलविद्युत परामर्श तथा प्रवद्र्धन क्षेत्रमा क्रियाशील छन् । 

सिडेनको आधिकारिक उम्मेदवार बनेपछि बरालले आफ्नो लामो पेसागत अनुभवलाई संस्थाको गरिमा वृद्धि गर्नमा प्रयोग गर्दै इन्जिनियरको हकहितको रक्षा गर्दै देश निर्माणमा प्रयोग गर्ने बताए ।

प्रकाशित: ६ भाद्र २०८१ १५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App