३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः वैदेशिक यात्राको योग देखिन्छ। वाणी प्रभाव बढ्ने छ। सेयर सम्बन्धी क्षेत्रमा सफलता मिल्ने छ। रमाइलो भेटघाटमा सहभागी हुनु पर्नेछ। व्यवसायमा व्यय गरेमा उचित लाभ प्राप्त हुनेछ।

वृष राशिः मन प्रसन्न हुनेछ। बाैद्धिक्ताको वृद्धि हुने र धन सन्चित हुने योग छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। अध्ययन, अध्यापन र लेखनमा सफलता मिल्ने छ। समाजिक पद र सम्मान मिल्ने छ।

मिथुन राशिः अध्ययनमा सफलता मिल्ने योग छ। नेत्रसम्बन्धी सामान्य विकार आउने देखिन्छ। आफ्नो क्षेत्रमा अस्तित्व प्रभुत्व बढाउन सफल भइने छ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ।

कर्कट राशिः आफै कार्य आरम्भ गरेमा, फल प्राप्त हुनेछ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। नयाँ काममा फल प्राप्तिको समय छ। धन खर्च हुने योग छ। विलासी क्षेत्रमा प्रवेश नगर्नुनै वेस हुन्छ।

सिंह राशिः रमाइलो भेटघाटमा सहभागी हुनुपर्नेछ। पढाइ र व्यापार व्यवसाय गर्नेलाई भने दिन राम्रो छ। होस् पु¥याएर कार्य गर्नुपर्ने देखिन्छ नत्र धन खर्च हुने समय छ। स्वास्थ्यमा केही धन व्यय हुने समय छ।

कन्या राशिः नवीन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। धन खर्च हुने योग देखिन्छ। विद्यार्थीलाई पढाई राम्रो छ। कर्णरोग देखिन सक्छ । यात्रा गर्नु पर्दा पूर्वाद्र्धमै गर्नु होला। व्यवसायमा लाभ देखिन्छ।

तुला राशिः विद्यार्थीका लागि पढाइको योग रहेको छ। लामो यात्रामा प्रवेश नगर्नु होला। सामान्य मतान्तर हुन सक्ने हुँदा, जोगिनु होला। दुःख हुन सक्छ। प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ।

वृश्चिक राशिः शुभ यात्राको योग रहेको छ। व्यवसाय र पढाइमा फल प्राप्तिको समय छ। वैचारिक मिलापको योग रहेको छ। विदेश यात्राको योग रहेको छ। स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। धार्मिक कार्यमा रुचि बढ्ने छ।

धनु राशिः व्यवसायमा वृद्धि हुने देखिन्छ। स्वास्थमा सुधार आउने छ। आफन्तहरूसँग शुभ भेटघाट हुने छ। व्यापार यात्रामा फल प्राप्त योग छ। आफ्नो धन आउने समय छ। सम्मान प्राप्त हुने समय छ।

मकर राशिः जग्गासम्वन्धी आर्थिक लाभ हुने दिन छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। व्यापारिक लगानीहरू प्राप्त हुने देखिन्छ। विलासी सम्बन्धी व्यापारको काम आरम्भ गर्नु होला। वैदेशिक पढाइको समय छ।

कुम्भ राशिः सामान्य आर्थिक लाभ हुने दिन रहेको छ। विचार र पराक्रमबाट कार्यसिद्धि हुने छ। विद्यार्थीका लागि पढाइ दोहोर्याउनु पर्ने हुन सक्छ। उद्योगमा आर्थिक लगानी गर्दा फल मिल्ने योग छ। उन्नतीशील समय छ।

मीन राशिः अध्ययनको क्षेत्रमा शुभ फल प्राप्त होला। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापारमा राम्रो फल प्राप्त हुनेछ। सामान्य रोग देखा पर्न सक्ने छ। स्वकार्यमा बाधा हुन सक्ने छ। पारिवारिक सदस्यहरूबीच शुभ सम्वन्ध रहने छ।

प्रकाशित: ६ भाद्र २०८१ ०६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App