१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

खोटाङमा पहिरोले पुरिएर शिक्षिकाको निधन

भारी वर्षपछि गएको पहिरोले पुरिएर खोटाङमा एक शिक्षिकाको निधन भएको छ। जिल्लाको रावाबेँसी गाउँपालिका ३ की ६० वर्षीया सावित्रादेवी नेवारको पहिरोले पुरिएर निधन भएको हो।

स्थानीय विश्वज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका नेवार बिहीबार विद्यालय जाँदै गर्दा बाटोमाथिबाट खसेको पहिरोले पुरिएकी थिइन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोले पुरेर गम्भीर घाइते भएकी नेवारको उद्धार गर्न ढिला भएकाले घट्नास्थलमै निधन भएको स्थानीयले बताएका छन्।

घटनाबारे अनुसन्धान भइरहेको खोटाङ प्रहरीलाई उद्धृत गर्दै प्रदेश प्रहरी प्रवक्ता वरिष्ट उपरीक्षक भीम दाहालले बताएका छन्।  

प्रकाशित: ३२ श्रावण २०८१ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App