३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

बाजुरामा पहिराेले चारजना घाइते, पुरिए पशु चौपाया

बाजुरामा पहिरो खस्दा चारजना घाइते भएका छन् भने एक दर्जन जति पशुचौपाया पुरिएका छन्। जिल्लाकाे हिमाली गाउँपालिका वडा न ३ बौडीस्थित गोरुखर्कमा शनिबार बिहान ९ बजेतिर वर्षासँगै पहिरो आएको र पहिरोमा परि चारजना घाइते भएका हुन्। पहिरोमा परी चार जना घाइते भएका हुन्।

घाइते हुनेमा ५० वर्षीय हंस बुढा १३ वर्षीय प्रेमकला बुढा, वर्षीय १० वर्षीय ललिता बुढा र १४ वर्षीय अगौठी रोकाया रहेको हिमाली गाउँपालिकाका अध्यक्ष गाेविन्द मल्लले जानकारी दिए। पहिरोमा परि दर्जनौं पशुचौपाय पुरिएकाे बताए।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गोरुखर्कमा प्रहरीको टोली गइसकेको र धेरै टाढा भएकाले प्रहरी नपुग्दासम्म क्षतिको विवरण आउन सकेकाे छैन। घाइतेको उद्धारका लागि पहल भइरहेको छ। थप विवरण आउन बाँकी छ।

प्रकाशित: २६ श्रावण २०८१ १२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App