३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला। छोटो यात्रा गर्नु राम्रो होला। पढाइमा सफलता मिल्ने छ। बाहिरी काममा सामान्य मतभिन्न हुन सक्ने छ। जीवनसाथीसँग प्रेम सद्भाव रहने छ।

वृष राशिः अध्ययन, लेखनको कार्य सुरु गर्नु राम्रो होला। कार्य गर्दा विचारपूर्वक गर्नुहोला। परिवारमा अर्थ व्यय हुने योग देखिन्छ। उदर रोग देखा पर्न सक्ने छ। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु मध्यम छ।

मिथुन राशिः आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। अध्ययनमा सफलता मिल्ने योग छ। प्रेमिप्रेमिकाका लागि राम्रो हुने दिन छ। धातु सम्बन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ।

कर्कट राशिः मधुर भोजन र पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ।  सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। ज्ञान क्षेत्रमा रुचि बढ्ने छ। आँखामा सामान्य रोग देखापर्नेछ।

सिंह राशिः वाणी सफल हुने योग छ। विलासी खानपानमा रुचि नगर्नु बेस हुन्छ। भूमिसम्वन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

कन्या राशिः गृह निर्माणको योग छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामाजिक पदप्रतिष्ठा र सम्मान मिल्ने छ। प्रयास गर्दा आर्थिक प्राप्तिमा कम सफलता मिल्नेछ। रोजगारीको अवसर ढिला मिल्ने समय छ।

तुला राशिः धन आर्जन हुने योग देखिन्छ। व्यापार व्यवसाय गर्नेलाई दिन राम्रो छ। नयाँ कार्य पूर्णसिद्धिमा सामान्य बाधा छ। वैदेशिक कार्यमा सफलता प्राप्त हुने देखिन्छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

वृश्चिक राशिः नयाँ कार्यमा रुचि नलिनु होला। पठनपाठनमा रुचि बढ्ने छ। परिवारका सदस्य कसैलाई सामान्य चर्मरोग देखापर्न सक्ने छ। सहयोग लिएर कार्य गर्नु होला। नियमित गरिने व्यापार व्यवसायमा लाभ देखिन्छ।

धनु राशिः साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। व्यापार व्यवसायमा आर्थिक लाभ हुने योग छ। पराक्रमबाट कार्यसिद्धि हुने छ। पढाइ र लेखाइमा कार्यसिद्धि हुनेछ। वैदेशिक यात्राको समय देखिन्छ।

मकर राशिः व्यापारमा कम फल प्राप्त हुने छ। स्वास्थ्यमा  विकार आउने देखिन्छ। विद्यार्थीका लागि पढाइ राम्रो रहेको छ। केही व्यक्तिले सामान्य  अर्थ व्यय गर्न सक्ने छन्। उन्नति प्रगतिमा सन्तोष हुने दिन छ।

कुम्भ राशिः उत्साहित हुने समय छ। प्राविधिक क्षेत्रमा लगानी गर्दा मध्यम हुन्छ। धन खर्च हुने योग देखिन्छ। दाम्पत्य जीवनमा सुख शान्ति मिल्ने छ। अध्यनार्थीहरुलाई ज्ञान आर्जनमा रुची बढ्ने छ।

मीन राशिः भेटघाटमा सहभागी हुनु पर्नेछ। स्वजनबाट धन व्यय योग छ। पढाईको क्षेत्रमा थोरै बाधा आउने छ। व्यवसायमा फल प्राप्तिको समय त्यती शुभ छैन। राजनीतिक क्षेत्रमा दिन राम्रो छ।

प्रकाशित: २४ श्रावण २०८१ ०६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App