७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

बेँसीसहर–चामे सडक अवरुद्ध

फाइल तस्बिर

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। अविरल वर्षाले गए राति यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा र मस्र्याङ्दी गाउँपालिका–३ खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उक्त कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले खरखरे भिरको पहिरो यतिबेला हटाउन सफल भए पनि खुदी नजिक खसेको पहिरो हटाउन बाँकी रहेको बताए।

पैसठ्ठी किलोमिटर लामो यो सडक अवरुद्ध हुँदा मनाङ र लमजुङका सर्वसाधारण प्रभावित भएका छन्। रासस 

प्रकाशित: २३ श्रावण २०८१ ०९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App