३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

सामुदायिक वनमा ७२ हजार बिरुवा रोपियो

यस वर्ष रुकुमपश्चिमका सामुदायिक वनमा ७२ हजार चार सय १८ वटा बिरुवा रोपिएको छ। जिल्लास्थित डिभिजन वन कार्यालय मार्फत सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा विभिन्न प्रजातिका ७२ हजार चार सय १८ बिरुवा रोपिएको हो।

हालसम्म रोपिएका बिरुवामध्ये ४७ हजार दुई सय ५० अनुदानमा सामुदायिक वनलाई वितरण गरिएको भन्दै बाँकी २५ हजार एक सय ६८ वटा बिरुवा खरिद गरेर कार्यालय आफैँले वृक्षरोपण गरेको वन कार्यालयका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी ४३ हजार पाँच सय ५० टिमुरका बिरुवा रोपिएका छन्।

सामुदायिक वनलाई हराभरा बनाउने, वनबाट आर्थिक अवस्था सुदृढ बनाउने उद्देश्यले वृक्षरोपणलाई जोड दिइएको परियारले बताए। बिरुवा तथा अन्य सामग्री खरिदमा २० लाख खर्च भएको डिभिजन वन कार्यालयले जनाएको छ।-रासस

प्रकाशित: ३० असार २०८१ १३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App