२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

तपाईकाे आजकाे राशिफल

मेष राशिः सामान्य शिर रोग देखिन सक्छ। अध्ययनमा सफलता मिल्ने छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्नुअघि विचार पुर्याउनु होला।

वृष राशिः विलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ। राम्रो फल प्राप्तिमा हल्का बाधा हुने छ। अध्ययनको क्षेत्रमा दिन राम्रो छ। सामान्य विवाद हुन सक्ने हुँदा, त्यसबाट जोगिनु होला। सम्मान प्राप्त हुने योग छ।

मिथुन राशिः व्यापारिक लगानी प्राप्त हुने देखिन्छ। विभिन्न विलासी, टेक्निकल सम्बन्धी व्यापारको काम आरम्भ गर्नु होला। वैदेशिक यात्राको समय छ। फलप्राप्तीको योग छ। आफन्तसँग विलासी भेटघाट हुनेछ।

कर्कट राशिः विद्या अध्ययनमा मन लाग्ने छ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। नेत्रमा सामान्य बिकार आउने देखिन्छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। समाजिक पद, प्रतिष्ठा र सम्मान मिल्ने छ।

सिंह राशिः राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। अध्ययन, अध्यापनमा सफलता छ। वौद्धिक्तामा वृद्धि हुने देखिन्छ। वैदेशिक यात्राको योग देखिन्छ। आफ्नो क्षेत्रमा धन प्रगति हुने देखिन्छ। स्वःप्रभुत्व बढाउन सफल भइने छ।

कन्या राशिः विद्यार्थीका लागि पढाई र यात्राको योग रहेको छ। चर्म रोग देखापरी स्वास्थमा वाधा आउन सक्छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। यात्रा गर्नु पर्दा दिनको पुर्वाद्र्धमै गर्नु उत्तम देखिन्छ।

तुला राशिः उन्नति प्रगति हुने देखिन्छ। स्वास्थ्यको विषयमा धन व्यय हुने समय छ। नवीन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। यात्रामा फल प्राप्त योग छ। व्यापार, व्यवसाय गर्नेलाई भने दिन राम्रो छ।

वृश्चिक राशिः विद्यार्थीलाई पढाई राम्रो छ। कुनै कार्य गर्दा विचार पुर्‍याएर गर्नु होला। प्रयास गर्दा ढिला अवसर प्राप्त हुने देखिन्छ। व्यापार व्यवसायमा व्यय देखिन्छ। सँगीसँग मध्यम छ। रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ।

धनु राशिः स्वास्थ्यमा सामान्य बाधा देखिएला। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। वाणी प्रभाव वढ्ने छ। केही धन सन्चित हुने समय छ। कपडा सम्वन्धी व्यवसायमा लगानी गरे उचित लाभ प्राप्त हुनेछ।

मकर राशिः स्वदेश तथा विदेश यात्राको योग छ। धन आर्जन हुने देखिन्छ। यात्राको योग रहेको छ। लामो यात्रामा ननिस्कनु होला। व्यापार, व्यवसायमा फल प्राप्तिको समय छ। धार्मिक कार्यमा रुचि देखिन्छ।

कुम्भ राशिः उपलप्धिपूर्ण आर्थिक लाभ छ। व्यवसायमा वृद्धि हुने देखिन्छ। आफन्तबाट धन आउने छ। मित्रसँग वैचारिक मेलको योग छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्ने छ।

मीन राशिः आर्थिक लाभमा केहीबाधा हुने दिन रहेको छ। विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। भूमि लाभको योग छ। मातृ प्रेम र पारिवारिक सदस्यबीच शुभ सम्वन्ध रहने छ। दाजुभाइबीच प्रेम सद्भाव रहने छ।

प्रकाशित: २९ असार २०८१ ०६:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App