२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

श्रीपती समाजसेवा पुरस्कार डा. सन्दुक रुईतलाई

यस वर्षको श्रीपती समाज सेवा पुरस्कार समाजसेवी डा. सन्दुक रुईतलाई प्रदान गरिने भएको छ।

पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार–२०८१ बाट दृष्टिका देवता भनेर चिनिने म्यागासेसे पुरस्कार विजेता रुईतलाई पुरस्कृत गर्ने आयोजकले बिहीबार पत्रकार सम्मेलन गरेर घोषणा गरेको हो।

पुरस्कारको राशि नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित सम्मान पत्र र पदक रहेको गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाले जानकारी दिए।

श्रीपति कोइराला गुठीले २१७ औं जयन्तीको अवसर पारेर पुरस्कार घोषणा गरेको हो। पुरस्कार गुठीको ३२ औं वार्षिक साधारण सभामा प्रदान गरिने अध्यक्ष कोइरालाले बताए।

कम लागतमा मोतिया विन्दुको उपचारका लागि विश्वविख्यात चिकित्सा पद्धति रुईतेक्तोमिताका सुरुवातकर्ता समेत रहेका रुईतले हालसम्म १ लाख ३० हजार भन्दा बढी मोतिया विन्दुको शल्यक्रिया गरेर दृष्टि फर्काइसकेका छन्।

बहराइन सरकारबाट दृष्टिका संवाहक उपाधिसहित ईशा अवार्ड पाएका रुईतले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार, भारतको पद्मश्री पुरस्कार, फिलिपिन्सको रोमन म्यागासेसे पुरस्कार, थाइल्यान्ड, भुटानलगायतका पुरस्कार पाइसकेका छन्। 

यसअघि यो पुरस्कारबाट मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्था ‘माइती नेपाल’, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवा आश्रम र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई पुरस्कृत गरिसकिएको गुठीका सचिव नवराज कोइरालाले जानकारी दिए।

प्रकाशित: २७ असार २०८१ १६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App