१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सप्तकोसीमा जलसतह यो वर्षकै उच्च

फाइल तस्बिर

सप्तकोसी नदीको जलसतह शनिबार यस वर्षकै सबैभन्दा उच्च भएको छ। दिउँसो ३ बजे कोसी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ।

अहिले नदीको बहाव बढेसँगै कोसी ब्यारेजको ३४ वटा ढोका खोलिएका छन्। शनिबार बिहान ४ बजे एक लाख २४ हजार चार सय ६५ क्युसेक प्रतिसेकेन्ड जलसतह मापन गरिएको केन्द्रका कर्मचारी अमित यादवले बताए। उनले भने, ‘पहाडी क्षेत्रमा हिजोदेखि निरन्तर वर्षा भएसँगै कोसी नदीमा जलसतह उच्च भएको हो। जलसतह उच्च भए पनि हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति भएको छैन।’

प्रकाशित: २२ असार २०८१ १८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App