१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पोखरीका माछा अज्ञात कारणले मरे, ६० लाख बराबरको क्षति

धनगढी उपमहानगरपालिका– १४ फूलबारीका व्यवसायी कलावती जोशीद्वारा सञ्चालित पोखरीमा रहेका माछा मरेका छन्। यसबाट झण्डै ६० लाख बराबरको क्षति भएको छ।

“पोखरीमा केही महिना पहिले ५० हजारको सङ्ख्यामा विभिन्न जातिका माछाका भुरा हालिएका थिए”, उनले भने, “माछा बढेर अहिले ठूला भइसकेका थिए तर के कसरी मरे भन्ने अहिलेसम्म पत्ता लागेको छैन, माछा एक्कासी कसरी मरे भन्ने परीक्षणका लागि पोखरीको पानी पठाइएको छ।”

उनका छ वटा माछा पोखरी रहेका छन्।

प्रकाशित: २२ असार २०८१ १७:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App