२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

तीन करोड ५७ लाखमा पक्की पुल निर्माण

 भोजपुरको राउते खोला पक्की पुल निर्माण भएको छ। टेम्केमैयुङ–९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले तीन करोड ५७ लाख लागतमा पुल निर्माण गरेको हो।

‘राउते खोला पक्की पुल निर्माणअवधिभन्दा १५ महिनाअघि सम्पन्न गर्न सफल भएका छौँ, स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो।

पुल बनेसँगै स्थानीयलाई सहज भएको छ’, उक्त कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले भने। राउते खोला पुलले साविकको वडा नं ७ राउते र साविकको वडा नं ५ लेखर्कलाई जोडेको छ।

पक्की पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहजता भएको सवारीचालक मिलन तामाङले बताए। 

प्रकाशित: १४ असार २०८१ १०:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App