४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

हिलापोखरीमा सिंचाइ आयोजनाको पक्की नहर

म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीमा सिँचाइ आयोजना निर्माण भएको छ। खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समिति मार्फत हिलापोखरीमा सिँचाइआयोजना निर्माण गरेको हो।

उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेलले तीनसय ६० मिटर लामो पक्कि नहर निर्माण गरिएको जानकारी दिए। ‘च्युरीबोट स्थित घट्टेखोला हुँदै पच्चिस मुरेसम्म तीनसय ४९ मिटर पक्कि नहर बनाउने लक्ष्य रहेकोमा सो भन्दा बढी बनाएका छौ,’ उनले भने ‘गत वैशाख महिनादेखि थालिएको नहर निर्माणको काम यसै साता सकिएको हो।’

यस योजना निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा १५ लाख बजेट बिनियोजन गरेको छ। आयोजना मार्फत पक्कि नहरको अतिरिक्त ४८ मिटर पाइपलाइन जडान गरिएको छ।

उपभोक्ता समितिका सचिव फिरोज घर्ती मगरले स्थानीय मजदुर परिचालन गरेर सिँचाइआयोजना निर्माण गरेको जानकारी दिए। बीस घरधुरी भन्दा बढी कृषकको दुइसय रोपनी बढी खेतबारी र बगैचामा  सिँचाइ गर्न सहज भएको छ। यसअघि खोल्साको पानी कच्चि नहरबाट बगाउदा चुहिने र भासिने समस्या थियो।

सिँचाइ अभावमा आकाशे पानीको भरमा एक बाली मात्र लगाउने गरिएको थियो। सिँचाइ सुविधा भयो भने बाहै् महिना खेती लगाउन सकिने भएको छ।

खानेपानी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दी मार्फत चालु आर्थिक वर्ष म्याग्दीमा ६० सिँचाइ आयोजना सञ्चालन भएको कार्यालय प्रमुख झलकमोहन ओझाले बताए। बादुक र घारेनी कोत्रवाङ सिँचाइ आयोजनाको बहुवर्षीय ठेक्का आव्हान गरेको र अन्य आयोजना उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिएको बताए।-रासस

प्रकाशित: ८ असार २०८१ ११:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App