२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। महेन्द्रनगर-सुडा सडकखण्डमा शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक २७ वर्षीय सञ्जीव चौधरीको मृत्यु भएको हो।

सुप प्र ०२००३ प ६९७० नम्बरको मोटरसाइकल दैजीतर्फ गइरहेको से१त २२६८ नम्बरको ट्याक्टरमा ठोक्किंदा  चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक नरेश विकले बताए।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार मनोज चौधरी घाइते भएका छन्। उनको कैलालीको धनगढीमा उपचार भइरहेको छ। प्रहरीले ट्र्याक्टर चालक रामु रानालाई नियन्त्रणमा लिएको बताएको छ।

प्रकाशित: ८ असार २०८१ ११:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App