५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

संसद् भवन परिषरमा मृत भेटिएका प्रहरी जवानले आफैंलाई गोली हानेको प्रारम्भिक निष्कर्ष

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा

संसद् भवनभित्र बुधबार बिहान मृत अवस्थामा भेटिएका प्रहरी जवान अजित गोलेले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।

उनको शवलाई परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र पोष्टमार्टम रिपोर्टपछि थप जानकारी थाहा हुने प्रहरीको भनाइ छ।

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका २२ वर्षीय गोले तीन वर्षदेखि नेपाल प्रहरीमा कार्यरत थिए। उनले आफैंले बोकेको राइफलले निधारमा गोली हानेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए।  

बिहान ६ देखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका उनको शव दुई नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो।

मृतकका आफन्तको उपस्थितिमा मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ असार २०८१ १२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App