२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाल प्रहरीका चार एसपी एसएसपी बढुवामा सिफारिस

नेपाल प्रहरीका चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ।

बढुवा समितिको शुक्रबार बसेको बैठकले चार जना एसपीहरूलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

एसएसपी बढुवा सिफारिसमा गण्डकी प्रदेश गण पोखरामा कार्यरत एसपी श्यामकृष्ण अधिकारी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रविन्द्र रेग्मी, कोशी प्रदेश प्रहरी गण विराटनगर मोरङमा कार्यरत भीमबहादुर दाहाल, बागमती प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशामा कार्यरत नान्तीराज गुरूङ परेका छन्।

प्रकाशित: १९ जेष्ठ २०८१ १०:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App