२ असार २०८१ आइतबार
image/svg+xml
समाज

कालीकोट दुर्घटनामा गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि सुर्खेत लगियो

क्याप्शन

कालीकोटको हाउडीमा जिप दुर्घटना हुँदा घाइते भएका सात जनामध्ये गम्भीर तीन जनालाई थप उपचारका लागि सुर्खेत लगिएको छ ।  

दुर्घटनामा परेका गम्भीर घाइते भएका पूजा शाही, देवदत्त आचार्य, विजया शाहीलाई हेलिकोप्टरमार्फत् सुर्खेत लगिएको हो ।  

अन्य घाइतेको भने जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले बताए । एक जनाको अवस्था सामान्य रहेकोले गाउँमै उपचार भएको छ ।

सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिका आउँदै गरेको जिप वडा नं ६ को हाउडी खोलामा दुर्घटना हुँदा ७ जना घाइते भएका थिए ।  

घाइते हुनेहरू सबै वडा नं ६ हाउडीकै रहेका छन् । कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित: १० जेष्ठ २०८१ १७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App