१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

प्रतिलिटर हजार रुपैयाँमा बिक्री हुन्छ ढटेलोको तेल

यतिबेला जुम्लाका महिलाहरुलाई ढटेलो संकलन गर्न भ्याइनभ्याई छ। जुम्लाको सदरमुकाम खलंगा आसपासका महिलाहरु विहान, दिउँसो र बेलुकाको समयमा ढटेलो टिप्न व्यस्त देखिन्छन्। हातमा रवरको पञ्जा, पिठ्युँमा निगालोबाट बनेको (छान्नो) एउटा लठ्ठी बोकेर ढटेलोको झाङभित्र पसेको पाइन्छ् । टिप्दा काडोले नघोचोस भनेर पञ्जा र लठ्ठीको  सहायता लिन्छन् । 

जुम्लाको चन्दननाथ नगरपालिका - ४ कि मुनकौरा बुढा ढटेलोका संकलनमा व्यस्त छिन्। बुढा अघिल्लो वर्ष ३५ लिटर ढटेलोबाट तेल निकालेको बताउँछिन्। सबै तेल घरमै खाने गरिएको सुनाइन्। यो वर्ष ४० देखि ५० लिटर बराबरको ढटेलो संकलन गरेकी छिन्। 

उनले भनिन्, 'यो तेलको महत्त्व कसैले बुझेका छैनन्। सबै आयतित तेलको मुख ताक्छन्।स्थानीय जडिबुटी र रैथाने तेलमा ध्यानाकषिर्त भएको देखिदैनन्। उनका अनुसार परा–पूर्वकालदेखि मानिसहरुले ढटेलोको तेल निकाली दियो बाल्ने, मालिस गर्ने, तथा खाने तेलको रुपमा प्रयोग गर्दथेँ। जतिबेला बत्तिका लागि बैकल्पिक ईन्धनको उपस्थिति थिएन, त्यो बेला ढटेलोको तेल बत्ती बाल्नका लागि निकै उपयोगी मानिन्थो। अहिले ढटेलो कसैले चिन्दैन।' 

अर्की उर्मिला कार्कीले पनि गत वर्ष २० लिटर तेल निकालिन्। तर घरमै खाइयो, अहिले २० देखि ३० लिटर तेल बराबरको ढटेलो संकलन गरेको सुनाउछिन्। 

यता जुम्लाको चन्दननाथ नगरपालिका-५ का आनन्द अधिकारीले ६० लिटर ढटेलो तेल बिक्री गरेको बताए। यो वर्ष अहिलेसम्म ३० लिटर तेल बिक्री गरेको बताउँछन्। उनले भने,प्रति लिटर एक हजार रुपैयाँमा बिक्रीवितरण भइरहेको छ। चार किलो ढटेलो सुकाएर यसको दुई किलो बीयाँबाट एक लिटर तेल निकाल्न सकिन्छ। 

वर्षमा ६० हजार लिटर तेल निकाल्न सकियो भने पनि एक हजार रुपैयाँ प्रतिलिटरका दरले जुम्लामा ६ करोड रुपैयाँ ढटेलो तेलबाट आम्दानी हुन सक्ने संभावना छ।ढटेलो पानीको स्रोतहरुको नजिकैको सुक्खा जमिनमा हुन्छ,वुट्यानमा फल्ने गर्दछ।

साविकको कर्णाली अञ्चल हालको कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला,कालिकोट हुम्ला, मुगुको माथिल्लो भाग, डोल्पाका केही भागहरू यसको उत्पादनको लागि निकै उत्तम मानिन्छ। एक देखि २ मिटर सम्म उचाइ सम्म हुन्छ। भदौदेखि दाना लाग्न सुरु भएर चैत वैशाखसम्म ढटेलो पाक्ने गर्दछ। प्राय सुक्खा तथा कम पानी पर्ने ठाँउहरुमा उपयुक्त मानिन्छ। ढटेलो खेतीका लागि सुख्खा हावापानी भएको क्षेत्र मुलत कर्णाली प्रदेशका हिमाली जिल्ला यसको खेती गर्न सकिने प्रचुर संभावना भए पनि जुम्लाका  स्थानीय तहले खासै चासो देखाउन सकेका छैनन्। 

परा–पूर्वकालदेखि मानिसहरुले ढटेलोको तेल निकाली प्रयोग गरेको पाइन्छ। मानव शरिरको लागि निकै लाभदायिक मानिने ढटेलोको तेल विभिन्न कुरामा उपयोग गरेको पाइन्छ। शरिरका विभिन्न अगंहरू दुखाइ कम गर्ने, जोर्नीको दुःखाई र बाथ रोग समेत निको पार्न मदत पुर्याउने, जोर्नीको दुखाइ लाइ कम गर्न,पेट सफा गरेर विभिन्न रोग निको हुने, पाचन प्रकृयालाइ सहजता प्रदान गर्ने,खाने तेलको रुपमा प्रयोग गरिन्छ। 

विभिन्न आयुर्वेदिक औषधिमा ढटेलोको प्रयोग अहिले पनि भईरहेको विभिन्न अयुर्वेद सम्वन्धी अनुसन्धानकर्ताले बताउछन्। तर यसको फाईदा र उपयोगिता बारे जानकारी नभएकै कारण संरक्षणमा ध्यान नदिदा लोभ हुने अवस्थामा समेत पुगेको छ। ढटेलोको दानाबाट निस्कीने तेललाई बजारीकरण गरेर मनग्य आम्दानी गर्न सकिने भएपनि फाईदाबारे जानकारी नहुँदा वर्षेनी खेर गईरहेको छ। किसानहरुले ढटेलो नामक वनस्पतीमा लाग्ने दाना संकलन गर्दै प्रशोधन गरी उत्पादन गरेको तेलको बजारीकरण गर्न निकै जरूरी छ।

 

ढटे प्रशस्त मात्रामा पाईने भएपनि आवश्यक खोज अनुसन्धान पनि हुन सकेको छैन्। पछिल्लो पुस्ताले ढटेलो वनस्पतीको उपयोगिता र फाईदाबारे जानकारी नपाउँदा नाम समेत बिर्सिसकेका छन्। भने विगतमा जस्तै सहजै पाउन मुस्कील पर्ने गरेको छ। ढटेलो को वारेमा अध्ययन समेत नभएका कारण त्यसबारे खासै जानकारी हुन सकको छैन्।

प्रकाशित: ८ जेष्ठ २०८१ १४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App