३ कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

मोरङमा लागु औषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली

मोरङकाे रतुवामाई नगरपालिका–६ मा प्रहरीले गोली प्रहार गरेर लागुऔषध कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ।

लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले चलाएको गोली लागेर भारतको बिहार घर भएका ४८ वर्षीय भागिरथ हरिजन घाइते भएका छन्।

उनको दायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ। लागु औषध नियन्त्रण ब्युरोका प्रहरी नायव निरीक्षक बालकृष्ण सन्जेल नेतृत्वको टिमले गोली चलाएको हो।

लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा ब्युरोबाट खटिएका असई नवीन शाही पनि घाइते भएका छन्।

प्रकाशित: १ जेष्ठ २०८१ १६:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App