२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सडकको नालामा एक पुरूष मृत भेटिए

काठमाडौं महानगरपालिका-४ सुकेधारामा एक मृतक भेटिएका छन्। खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ घर भएका ४४ वर्षीय भीषण गिरी मृत भेटिएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार सुकेधारा चोकको रोयल मार्बल नजिकैकको सडकको नालामा उनी मृत अवस्थामा मंगलबार बिहान भेटिएका थिए।

गिरी नालामा घोप्टो परेको अवस्थामा शव भेटिएको र निधारमा दुई इन्च लामो खत समेत भेटिएको प्रहरीले बताए।

उनको मृत्युको कारण भने खुलिसकेको छैन्। घटनास्थलमा मुचुल्काको काम सकेर शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले बताएको छ। यसबारे अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १ जेष्ठ २०८१ ११:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App