२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्तव्य ज्यान मुद्दाका पाँच महिला प्रतिवादी १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका एकै गाउँका पाँच जना महिला प्रतिवादीहरूलाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सरूमारानी गाउँपालिका-४ ओखरडाँडा बस्ने ६७ वर्षीया हुमी कुमारी देवी सारू, ७५ वर्षीया दिलिसरा देवी सोमै, ४० वर्षीया सिता देवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतली देवी नेपाली रहेका छन्।

सरूमारानी गाउँपालिका-४ ओखरडाँडा बस्ने ३० वर्षीया हरिकला बुढाथोकीले अवैध सम्बन्धबाट छोरा जन्माएको विषयमा २०६३ असोज ९ गते हुमी कुमारी देवी सारू, दिलिसरा देवी सोमै र हिमी कुमारी राना समेतले कुटपिट गर्दा गम्भीर घाइते भएकी हरिकलाको तत्कालीन बुटवल अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। 

जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। साथै घटनामा संलग्न अभियुक्तमध्ये हिमी कुमारी रानाको मृत्यु भइसकेको समेत खुल्न आएको छ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत प्युठानमा पेश गरिएको छ।

प्रकाशित: १५ वैशाख २०८१ १८:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App