२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पचासी लाख रुपैयाँमा वडा कार्यालय भवन निर्माण

जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा कार्यालय भवन निर्माण भएको छ। नवनिर्मित चारकोठे भवनबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ।

शुक्रबारदेखि कार्यारम्भ भएको नयाँ भवनको उद्घाटन सोही दिन गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले भवन उद्घाटन गरेका हुन्।

धौलागिरि गाउँपालिका २ र ७ को नयाँ भवन मात्र होइन, वडा नम्बर ५ को भवन पनि बनिसकेको छ। घट्टखोलामा गाउँपालिकाको भवन निर्माणाधीन छ।

यसैगरी वडा नम्बर १ गुर्जा र ३ मुनामा स्वास्थ्य चौकी भवन निर्माण सकिएको, मुदीमा स्वास्थ्य चौकी र ताकममा पाँच शय्याको अस्पताल भवन निर्माण भइरहेको छ। –रासस

प्रकाशित: १५ वैशाख २०८१ ०९:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App