२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्लाको कनकासुन्दरी गाउँपालिका-५ बाट गोठिज्युला बजार तर्फ जाँदै गरेको लु ५ च १४६० नम्बरको ट्याक्टर बिहीबार बिहान ११ बजे तिर लोट्खु डाँडा भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दका अनुसार दुर्घटनामा चालक सल्यान त्रिवेणी गाउँपालिकाका २७ वर्षीय वसन्त रेउकाे मृत्यु भएको हो।

घटना लगतै उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको चन्दले जानकारी दिए।

प्रहरीका अनुसार ट्याक्टर सडकबाट सय मिटर तल खसेको थियो।

प्रकाशित: २९ चैत्र २०८० २०:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App