२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आकाशमा ट्राफिक जाम, दुई विमानले सकेनन् काठमाडौं अवतरण

बिहीबार दिउँसो २ः१५ बजे यति एयर लाइन्स नेपालगन्ज–काठमाडौं नियमित उडान तालिका थियो। तर, झन्डै दुई घण्टा ढिलो गरी ४ः०० बजेतिर उडान भर्‍यो। उडान भरे पनि काठमाडौंको वायु प्रदूषणका कारण एयर ट्राफिक जाम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन सकेन।

३० जना यात्रु लिएर नेपालगन्जबाट उडान भरेको उक्त जहाज पुनः नेपालगन्जमै फर्किएर अवतरण भयो। बुद्धको जहाज पनि १ः२५ बजे उडान भर्नु पर्ने थियो। ढिलो गरी २ः३० मा उडान भरे पनि काठमाडौंमा अवतरण हुन सकेन।

६२ जना यात्रु लिएर नेपालगन्जबाट उडान भरेको जहाज भैरहवामा अवतरण गरेको बुद्ध एयर नेपालगन्जका स्टेशन म्यानेजर विनित शाहले जनाए। ‘विमानमा समस्या आएर उडान प्रभावित भएको होइन,’ उनले भने, ‘काठमाडौंमा दिउँसो आएको हावाहुरीका कारण एयर ट्राफिक जाम हुँदा काठमाडौंमा अवतरण हुन नसकेको हो।’

काठमाडौंमा मौसम सुधारसँगै एयर ट्राफिक खुला भए पुनः उडान हुने उनको भनाइ छ। मौसममा सुधार हुनासाथ उडान सुचारु हुने यति एयरलाइन्सका दिलीप कार्कीले जनाए।

प्रकाशित: २९ चैत्र २०८० १८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App