२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी

जुम्लाको गुठिचौर गाउँपालिका-४ थामबाडा गाउँका मरेको भेडाको मासु खाँदा एकै घरका ६ जना बिरामी परेका छन्।

विषालु घाँस खाएर मरेकाे भेडाको मासु खाँदा उनीहरु बिरामी परेका हुन। बिरामी ६ जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याइएको छ। तीन जना पुरुष र तीन जना महिला बिरामी परेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.पुजन रोकायाले बताए।

उनका अनुसार बिरामी हुनेमा ४० वर्षका विष्णु बहादुर अधिकारी उनकी श्रीमती कमलदेवी अधिकारी, छोरा सुर्य अधिकारी, छोरीहरू शुक्ष्मा अधिकारी र सावित्री अधिकारी तथा ज्वाइँ राजेश खत्री रहेका छन्। उनीहरु सबैले बुधबार बिहान ९ बजेतिर मरेको भेडाको मासु खाएको आफन्त श्रीकृष्ण अधिकारीले बताए।

उनले भने, 'भर्खर पलाउन लागेको विषालु घाँस खाएर मरेको भेडाको मासु खाँदा यस्तो भएको हो। पहिला पनि यसरी मरेका भेडाको मासु त खान्थ्यौँ। हामीलाई केही हुँदैनथ्यो। त्यसैले उनीहरुले पनि खाए। तर बिरामी हुनुपर्‍यो।'

बिरामी ६ जनाको अवस्था सामान्य देखिए पनि अवस्था बिग्रन सक्ने भएकाले केही भन्न नसकिने उपचारमा संलग्न डा.रमाकान्त रायले बताए। मासु भर्खरै खानु भएको रहेछ। 'असर एकदमै चाँडै देखिएको छ,' उनले भने, 'दुई तीन दिन नहेरी केही भन्न सकिन्न।'

प्रकाशित: २९ चैत्र २०८० १४:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App