२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काट्ने तयारीमा रहेको गहुँ जलेर नष्ट

कपिलवस्तुमा काट्ने तयारी अवस्थामा रहेको गहुँमा अचानक आगलागी हुँदा पानै चार लाखको बराबरको गहुँ जलेर नष्ट भएको छ।

बुधबार जिल्लाको मायादेवी गाउँपालिका-२ भैसकुन्डामा कम्बाइन मेसिनको सहयोगमा गहुँ स्याहार्ने क्रममा अचानक आगलागी भएको थियो। आगलागीमा गहुँसहित कम्पाइन मेसिन समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक हरि बहादुर ओलीले जानकारी दिए।

उनका अनुसार स्थानीय लहेब खाको गहुँ खेतमा कम्बाइन मेसिनले गहुँ स्याहार्ने क्रममा आगलागी भएको हो। आगलागीबाट लु २ त ८८५६ नम्बरको कम्बाईन जलेर पुर्णरुपमा नष्ट भएको छ। सो कमबाईन मेसिन स्थानीय मुस्ताक अहमद्को भएकाे उनले बताए।

आगलागीबाट ३ बिघा खेतमा लगाइएको काट्ने तयारी अवस्थामा रहेको गहुँ नष्ट हुँदा पानैचार लाखको क्षति भएको प्रहरीले जनाएको छ। सो आगलागी कपिलवस्तु नगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीयवासीको प्रयासमा आधा घण्टापछि नियन्त्रणमा लिइएको थियो।

एक साता यता जिल्लाका दर्जनौँ स्थानमा काट्ने तयारी अवस्थामा रहेको गहुँ खेतमा आगलागी हुँदा लाखौँ रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ चैत्र २०८० १९:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App