२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बैतडी घर भएका एकजनाको भारतमा मृत्यु

बैतडी घर भएका एकजनाको भारतमा मृत्यु भएको छ।

रोजगारीको सिलसिलामा भारतमा रहेका जिल्लाको दशरथचन्द नगरपालिका– १ श्रीखण्ड घर भएका ४५ वर्षीय देवदत्त भट्टको भारतकाे चण्डीगढमा मृत्यु भएको एमालेका वडा कमिटी अध्यक्ष मदनसिंह भाटले बताए।

करीब ६ महिनाअघि रोजगारीका लागि भारत गएका भट्टको शुक्रबार मृत्यु भएको हो। उनको मृत्युको कारण भने खुल्न सकेको छैन्।

नेपाल प्रहरीको हबलदार पदबाट सेवा निवृत भएपछि भट्ट रोजगारीका लागि भारत गएका थिए। मृतक भट्टको घरमा श्रीमती,दुई छोरी र एक छोरा छन्।  

प्रकाशित: २५ चैत्र २०८० १३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App