२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कालीबहादुर खामलाई थुनामा पठाउन आदेश

जिल्ला अदालत चितवनले कमान्डर कालीबहादुर खामलाई थुनामा पठाउन आदेश दिएको छ।

अदालतका श्रेतादार विष्णुप्रसाद आचार्यले शुक्रबार खामलाई थुनामा पठाउन आदेश दिएको जानकारी दिए। न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई थुनामा पठाउन आदेश दिएको हो।

बिहीबार पनि बहस भएको थुनछेक मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो। व्यापारी रामहरि श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोपमा खाम गत सोमबार पक्राउ परेका थिए।

खामलाई जिल्ला प्रहरी कार्यालय चितवनले बुधवार अदालतमा हाजिर गराएको थियो। 

मृतक रामहरि श्रेष्ठलाई २०६५ वैशाख १५ गते माओवादी कार्यकर्ताले केही कुरा बुझ्न छ भनेर खामले लगेको मृतककी श्रीमती रमिलाले जाहेरीमा उल्लेख गरेकी छिन्।

रमिलाका अनुसार अपहरणकाे १० दिनपछि माओवादी तेस्रो डिभिजन शक्तिखोरका तत्कालीन ब्रिगेडियर कमान्डर गोविन्दबहादुरले रमिलालाई श्रीमान श्रेष्ठसँग एकपटक फोन सम्पर्क गराएका थिए। त्यसपछि रामहरि श्रेष्ठकाे शव २०६५ जेठ १२ गते चितवनको जुगेडीस्थित त्रिशूली नदीमा भेटिएको थियो।

त्यसपछि उनको परिवारले खामसहित बटालामाथि मुद्दा दर्ता गराएका थिए। त्यसयता खाम फरार थिए।

प्रहरीले अनुसन्धान सकेपछि उनको मुद्दा सर्वोच्च अदालतमा पुगेको थियो। सर्वोच्चका न्यायाधीशले यस मुद्दालाई मुल्तबीमा राखेका थिए। खाम पक्राउ परेसँगै बाँकी अदालती प्रक्रिया अगाडि बढेको उनले बताए।

ब्रिगेडियर कमान्डर बटालाले भने चार वर्षअघि सर्वोच्च अदालतबाट सफाइ पाइसकेका छन्। सर्वोच्चका तत्कालीन न्यायाधीश तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले २०७६ साल फागुन १८ गते बटालालाई सफाइ दिएको थियो। खामलाई साेमबार प्रहरीले काठमाडौँको ठमेलबाट पक्राउ गरेर आज चितवन ल्याइएको हो।

प्रकाशित: २३ चैत्र २०८० १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App