४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

राजश्व छलीका ३५ थान मोबाइलसहित पसल सञ्चालक पक्राउ

राजश्व छलीका मोबाइल बिक्री वितरण गरिरहेको आरोपमा १५ लाख बराबरका ३५ थान मोबाइलसहित प्रहरीले एक जना पसलेलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बालकुमारीस्थित ट्रेन्डिङ मोबाइल हबका सञ्चालक खाँडादेवी गाउँपालिका– २ का २२ वर्षीय सरोज योञ्जनलाई पक्राउ गरेको हो।

राजस्व/भन्सार छली गरी चोरी पैठारी गरेर ल्याइएका मोबाइल बिक्री वितरण गरिरहेको सूचनाका आधारमा खटिएको टोलीले शुक्रबार योञ्जनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

योञ्जनसँग करिब १५ लाख बराबरका ३५ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। जसमा आइफोन तीन थान, सामसुङ ब्रान्डका ६ थान, मोटो एजका तीन थान, रेडमीका दुईथान, रियलमीका दुई थान, नार्जोको एकथान, ओप्पोको एक थान, आइक्यु–९ एकथान, भिभोका पाँचथान र वानप्लसका ११ थान मोबाइल रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ चैत्र २०८० १७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App