२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी

बाँकेकाे खजुरामा अवस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा केहीबेर अघि आगलागी भएको छ।

अस्पतालमा रहेको सिटी स्क्यान रुममा आगलागी भएको प्रहरीले जनाएको छ।

अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। घटना बारे थप जानकारी आउन बाँकी छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले अस्पतालको सिटी स्क्यान रुमबाट धुवाँ निस्किएको देखिएको नियन्त्रणका लागि दमकल बोलाइएको बताए।

प्रकाशित: १८ चैत्र २०८० १७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App