२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सन् २०२४ को पहिलो चन्द्रग्रहण आज

सन् २०२४ को पहिलो चन्द्रग्रहण आज लाग्दैछ। आजको चन्द्रग्रहणलाई खन्डग्रास भनिएको छ। ज्योतिषविद्हरूका अनुसार होली पर्वको अवसरमा लाग्न लागेको आजको चन्द्रग्रहण एक सय वर्षपछि संयोग बनेको हो।

ज्योतिष गणनाका अनुसार चन्द्रग्रहण बिहान १०ः३९ बजे लाग्ने र दिउँसो ३ः १६ बजेसम्म रहने छ। तर, नेपालमा भने आजको चन्द्रग्रहण देखिने छैन।

आजको चन्द्रग्रहण भारत, उत्तर–पूर्वी एशिया, यूरोप, अस्ट्रेलिया, अमेरिका, जापान, रुस, आयरल्यान्ड, बेलायत, स्पेन, पोर्चुगल, इटली, एटलान्टिक, आर्कटिक र प्रशान्त क्षेत्रमा मात्रै देख्न सकिन्छ।

प्रकाशित: १२ चैत्र २०८० ०९:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App