२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीलाई आज नेपाल ल्याइयो

थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीलाई उद्धार गरि आज नेपाल ल्याइएको छ।

थाइल्याण्डस्थित नेपाली राजदूतावास बैंककले एक विज्ञप्ति जारी गर्दै अलपत्र परेका १३ नेपालीलाई उद्धार गरि  नेपाल पठाइएको जानकारी दिएको हो।  

थाइल्याण्ड र म्यान्मार सीमा नजिक म्यान्मारको म्यावड्डीमा विगत लामो समयदेखि समस्यामा परेका १३ नेपाली नागरिकहरू अलपत्र परेका थिए।

नेपाल एयरलाइन्सको उडानबाट १३ नेपालीहरुलाई नेपाल पठाइएको विज्ञप्तिमा बताइएको छ। 

प्रकाशित: ९ चैत्र २०८० १९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App