२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

शिवपुरी विद्यालयमा अमेरिकी सेनाले गरेको कार्यक्रमविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौँस्थित शिवपुरी माविमा अमेरिकी सेनाले गरेको कार्यक्रमविरुद्ध अखिल समाजवादीले प्रदर्शन गरेको छ। 

बिहीबार समाजवादीले विद्यालयमा अमेरिकी सेनाले गरेको कार्यक्रमविरुद्ध प्रदर्शन गर्दै विरोध गरेको हो।

नेपालका विद्यालयमा अमेरिकी सेनाको प्रवेशको भण्डाफोर गरौँ, अमेरिकी साम्राज्यवाद मुर्दावाद, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ लगायत लेखिएको प्लेकार्ड बोकी प्रदर्शन गरेका हुन्।

केही समयअघि शिवपुरी माविमा अमेरिकी सेनाले गरेको सांस्कृतिक कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

प्रकाशित: ८ चैत्र २०८० १७:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App