२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

पक्राउ परेका बैंकरहरु हाजिर जमानीमा छुटे

धितोभन्दा दोब्बर बढी ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सिइओसहित १० जना कर्मचारी (बैंकरहरु) हाजिर जमानीमा छुटेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार उनीहरुलाई हाजिर जमानीमा छोड्ने निर्णय भएको हो।  

राष्ट्र बैकको विज्ञ टोलीले अनुसन्धान गरिरहेको कारण सिआइबीले तत्काललाई दैनिक हाजिर गर्नुपर्ने सर्तमा उनीहरुलाई छोडेको हो। 

पक्राउ पर्नेमा तत्कालीन सेञ्चुरी बैंकका सिइओ तुलसीराम गौतम, कर्मचारीहरू मनोज न्यौपाने, सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलीप बराल, दीपेश प्रधान, राजेश भण्डारी र रमन श्रेष्ठ रहेका थिए। उनीहरुलाई प्रहरीले छाड्ने निर्णय गरेको हो। 

प्रकाशित: १ चैत्र २०८० १८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App