१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आठ सय हेक्टर वन क्षेत्रमा डढेलो

सुख्खा तथा खडेरी याम सुरु भएसंगै ताप्लेजुङको वन क्षेत्रमा डढेलो फैलन थालेको छ।

यो वर्ष मात्र ताप्लेजुङको वन क्षेत्रमध्ये करिव ८ सय हेक्टरमा डढेलो लागिसकेको सामुदायिक वन उपभोक्ता जिल्ला महासंघले बताएको छ। महासंघका जिल्ला अध्यक्ष सुरज ओझाका अनुसार वनमा लागेको डढेलोले बहुमूल्य जडीबुटी तथा वनस्पति र जङ्गल सखाप भएको छ।

त्यस्तै सुस्म जीवहरु डढेर लोप हुने अवस्था सिर्जना भएको छ भने चराचुरुङ्गी लगायतका वन्यजन्तु नराम्ररी प्रभावित भएको उनले जानकारी दिए। ओझाका अनुसार सामुदायिक तथा राष्ट्रिय वनहरुमा डढेलो लागेको हो।

पाथिभरा याङ्वरक गाउँपालिका १ नाङखोल्याङ र वडा नं २ थेचम्बुको वनमा आइतबार आगलागी भएको छ। नाङखोल्याङस्थित त्रिवेणी सामुदायिक वन, सल्लेरी सामुदायिक वन र सँगै रहेको राष्ट्रिय वनमा डढेलो लागेको हो।

यस्तै आइतबार नै थेचम्बुस्थित सिन्चेकु सामुदायिक वनमा पनि डढेलो लागेको छ। यस्तै थेचम्बुको सिन्चेकु सामुदायिक वनमा लागेको डढेलो भने स्थानीय उपभोक्ता र स्थानीय बासिन्दा मिलेर नियन्त्रण लिएको ओझाले जानकारी दिए।

सामुदायिक वन उपभोक्ता महासङ्घ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो। ओझाका अनुसार पछिल्लो दुई–तीन दिनयता विभिन्न क्षेत्रका सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लाग्न सुरु भएको छ।

यसअघि मिक्वाखोला गाउँपालिकाको पापुङ, साँबा, लिबाङ र मेरिङ्देन गाउँपालिकाको थुकिमामा रहेका सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लागेको ओझाले सुनाए।

प्रकाशित: २८ फाल्गुन २०८० १२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App