२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शास्त्रीय नृत्यकी आधुनिक गुरुमा

नृत्य त्यसमाथि पनि कथक नृत्य झन् गाह्रो हुन्छ। त्यही गाह्रो नृत्यमार्फत २६ वर्षीय मनीषा गोले अहिले चर्चामा छिन् । दक्षिणी ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा जन्मेकी मनीषालाई सानैदेखि नृत्यमा रुचि थियो । 

बाल्यकाल देखिको रुचिलाई पुरा गर्दै अहिले उनी नृत्यमै पद्मकन्या कलेजबाट मास्टर गर्दै छिन् । गाउँबाट काठमाडौं आएपछि भने आफूले नृत्यको कोर्स लिएको सुनाउँदै गोले भन्छिन्, ‘काठमाडौंमा आएर काम गर्दै नृत्य पनि सिक्न थाले, पछि सबै काम छोडेर यही क्षेत्रमा लागे ।’

नाच्ने मान्छेलाई समाजले हेर्ने दृष्टिकोण फरक भएकाले त्यसलाई नै अघि बढाउने कुरा हरक मान्छेलाई सहज छैन । त्यसमा पनि नारीका लागि उक्त कुरा झन् कठिन छ हाम्रो समाजमा । ‘नाचेर के हुन्छ भन्ने खालको हेपाइ,’ उनले भनिन्,‘त्यसले गर्दा यही क्षेत्रमा लाग्छु भन्नलाई गाह्रो थियो । तर, त्यसलाई नै सहज बनाएर म लाग्ने अठोट गरेको हुँ ।’  

सुरुको २ वर्षसम्ममा आफैले कथक नृत्य सिक्दा गर्न सक्दिन कि भन्ने लागेको उनी बताउँछिन् । तर आफूले हिम्मत नहारी अगाडि बढेको गोलेले सुनाइन् । उनको जीवनको ट्रनिङ प्वइट भने कोरोनाको समयमा भएको लकडाउन बन्यो । लकडाउनमा घर गएकी उनले कथककै साना साना कुराहरूको भिडियो बनाएर सामाजिक सञ्जालतिर हाल्न थालिन् । 

त्यहाँबाट मिलिएन भिउज कमाएकी उनले त्यसपछि कथक नृत्य सिकाउन थालिन् । ललतिपुरको इमाडोलमा उनको समिर डान्स स्टुडियो छ। त्यहाँ ९/१० जनाबाट नृत्य प्रशिक्षण थालेकी उनले अहिलेसम्म २ सय बढीले सिकिसकेका छन् । साथै, ग्लोबल भुटनजी अर्गनाइजेसन र हिमालय फाउन्डेसनबाट अमेरिकामा पनि उनले नेपाली नृत्य सिकाइरहेकी छिन् । नृत्य सिकाएर नै उनले महिनाको एक लाख भन्दा बढी कमाइ गर्छिन। 

यो पनि पढ्नुहोस्

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला

यो पनि पढ्नुहोस

प्रकाशित: २५ फाल्गुन २०८० १०:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App