२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हिउँ हटाएपछि खुल्यो नाग्मा-गमगढी सडक

हिउँ पन्छाएपछि नाग्मा-गमगढी सडक खण्ड सञ्चालनमा आएको छ।

केही दिनअघिको हिउँले नाग्मा-गमगढी सडक खण्ड अन्तर्गत घुच्चीडाब, बुलबुले, सिटिचौर लगायत सडक क्षेत्रमा जमेको बाक्लो हिउँ पन्छाएपछि खुलेको हो।

सडकमा जमेको बाक्लो हिउँ दुई दिनसम्म स्काभेटर लगाएर पन्छाएपछि सडक सुचारु भएको र रोकिएका सवारी साधनहरु गतव्यतर्फ बढेको सडक डिभिजन कार्यालय जुम्लाका देवेन्द्र विष्टले बताए।

सडकमा जमेको हिउँ पन्छाउन कर्मचारी, स्काभेटर तैनाथ अवस्थामा राखिएको उनको भनाइ छ। एक दशकअघि नेपाली सेनाले निर्माण गरी सञ्चालनमा आएको नाग्मा-गमगढी सडक कालोपत्रे नहुँदा हिउँद र बर्खामा सवारी साधन चल्न कठिनाइ हुने गरेको छ।

रारा तालसँग जोडिएको गमगढी नाग्मा सडक कालोपत्रे नहुँदा रारा घुम्न आउने पर्यटकलाई थप समस्या भएको छ।

प्रकाशित: २४ फाल्गुन २०८० ०७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App