७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

रौतहटको पतौरामा भेटियो पुरातात्त्विक संरचना

रौतहटको मौलापुर–५ पतौरामा नेपालकै सबैभन्दा पुरानो पुरातात्त्विक संरचना भेटिएको दाबी गरिएको छ। मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले पुरातत्त्वविद्हरूले गरेको दाबी उद्धृत गर्दै भने, ‘इजिप्टको पिरामिडभन्दा पुराना एलेक्स डेराइको समयका पर्खालहरू भेटिएका छन्।

पूर्वमन्त्री तथा मौलापुरका स्थानीयवासी प्रभु साहले सामाजिक सञ्जालमा दाबी गरेका छन्, ‘दुनियालाई चकित पार्ने तथ्यहरू बाहिर आइरहेका छन्। पुरातत्त्वविद्हरूका अनुसार यो नेपालमै अहिलेसम्म भेटिएको सबभन्दा पुरानो अवशेष हो। यस्तो अवशेष दुनियामा बिरलै पाइन्छ।’

पतौरामा रहेको पुरातात्त्विक महादेव मन्दिरभन्दा करिब दुई सय मिटर उत्तरमा पुरातत्त्वविद्हरूले अहिले उत्खनन गरिरहेका छन्। पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत देवेन्द्रनाथ तिवारी, प्रमुख पुरातत्त्व अधिकृत प्रकाश दर्नाल, आर्किटेक्चर इन्जिनियर रोशनी महर्जन, प्राविधिक सहायक तथा सहायक पथप्रदर्शक विराटबहादुर थापा र फोटोग्राफर रमेश श्रेष्ठको टोलीले फागुन ११ देखि निरन्तर उत्खनन गरिरहेको ठाउँमा नेपालकै पुरानो पुरातात्त्विक संरचना भेटिएको दाबी गरेको हो। 

प्रकाशित: २२ फाल्गुन २०८० १२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App