११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

दशकअघि नै पृथ्वीको औसत तापक्रम १.८ डिग्री

यस्ताे पनि!

पृथ्वी सतहको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियसको सीमा सन् २०१० ताका नै पूरा भएको र सम्भवतः यतिबेला पृथ्वी १.८ डिग्री सेल्सियस पुगिसकेको आँकलन केही वैज्ञानिकको छ।

गत तीन सय वर्षयता पृथ्वीको तापक्रम के कसरी परिवर्तन भइरहेको छ भन्ने वैज्ञानिकहरूले सामुद्रिक स्पन्जको परीक्षण गरी आकलन गर्न थालेको निकै भइसकेको छ र सोही आधारमा पृथ्वीको तापक्रम उच्च दरमा बढेको निष्कर्ष वैज्ञानिकहरूको छ।

‘अहिले पृथ्वीको सतहको तापक्रम १.५ डिग्री रहेको अनुमान गरिन्छ तर त्योभन्दा बढी नै पो हो कि भन्ने छनक पाइन थालेको छ,’ युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका माल्कोम म्याकुलोक भन्छन्, ‘तापक्रम नियन्त्रणमा  हामी लगभग एक दशकपछि परिसकेका छौँ।’

त्यसो त क्यारेबियन सामुद्रिक क्षेत्रको तापक्रममात्र सारा पृथ्वीको तापक्रम मापन गर्न पर्याप्त नहुने केही वैज्ञानिकको राय छ।

सन् २०१५ मा पेरिस सम्झौताअन्तर्गत पृथ्वीको तापक्रम १.५ डिग्रीभन्दा माथि नपुर्‍याउनेमा विश्व समुदाय सहमत भएको थियो। सन् १८५० देखि १९०० सम्मको अवधिमा पृथ्वीको तापक्रम औसतमा डेढ डिग्री रहेको मानिन्छ। तर सो अवधिभन्दा पहिले पृथ्वीको सतहको तापक्रम कति थियो भन्ने कुनै तथ्याङ्क नरहेका कारण हाम्रो पृथ्वी कति बढी तातो भइसक्यो भन्ने निश्चित हुन सकिरहेको छैन।

तथापि समुद्रको फिँजबाट तयार हुने क्याल्सियम कार्बोनेटको कंकाल (सेरेटोपोरेला निकोल्सोनी) अध्ययन गरी यसको निष्कर्षमा पुग्न सकिने म्याकुलोकको दाबी छ।

यो स्पन्ज १० सेन्टिमिटरको बन्न चार सय वर्ष लाग्छ। यति सुस्त निर्माण हुने स्पन्ज पुर्टो रिको समुद्रमुनि ३३ देखि ९१ मिटर पाइन्छ। यी स्पन्ज भेला पारेर स्ट्रोटियम र क्याल्सियम जाँच गरिएको थियो। पानीको तापक्रमअनुसार क्याल्सियम कार्बोनेट बन्ने गर्छन्।

वैज्ञानिकहरूको दाबी छ, यसमा रेकर्ड भएको तापक्रममार्फत् पृथ्वीको औसत तापक्रम कति हो भनी पत्ता लगाउन सकिन्छ। सन् १९६० यता विकसित प्रविधिबाट यो मापन गर्न सजिलो भएको हो। र, वैज्ञानिकहरू स्पन्ज र तापक्रमको नाता बलियो रहेको तर्क गरिरहेका छन्। सोही आधारमा पृथ्वीको न्यूनतम तापक्रम एक दशकअघि नै पूरा भएर उकालो लागिरहेको तर्कमा दम रहेको बताइरहेका छन्।

 प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ३ फाल्गुन २०८० ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App