२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आगलागीबाट ८१ लाख बढीको क्षति

मोरङको  सुनबर्षी नगरपालिका र कानेपोखरी गाउँपालिकाको २ वटा घरमा सोमबार राति आगलागी हुँदा ८१ लाखभन्दा बढीको क्षति भएको छ।

सुनबर्षी –१ कालाबन्जारस्थित आशिष थापाको घरमा राति साढे ८ बजेतिर आगलागी हुँदा करिब ५० लाखको क्षति भएको हो। आगोले घरसहित घरमा रहेको नगद ३ लाख, ४ तोला सुन, अन्नपात, लत्ताकपडालगायतका सामग्री जलेको मोरङ प्रहरीले जनाएको छ। थापाको २ तले पक्की घर पूर्णरूपमा जलेको छ।

आगलागीबाट मानवीय र चौपाया क्षति भएको छैन। प्रहरी, स्थानीय र दमकलको मद्दतबाट आगलागी नियन्त्रणमा आएको हो। विद्युत् सर्ट भइ आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ।

त्यसैगरी, कानेपोखरी–२ बहत्तरबिघेस्थित अर्जुन विष्टको घरमा राति १२ बजेतिर आगलागी हुँदा ३१ लाख बढीको क्षति भएको छ। आगोले ४ कोठे पक्की घरसहित लत्ताकपडा, काठपात, ६ तोला सुन, १८ हजार नगद, ६५ मन धान, ग्वाली, एउटा खसी र ६ वटा बाख्रा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी गणेश श्रेष्ठले जानकारी दिए।

आगलागीमा करिब ३१ लाख १८ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। प्रहरीले दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। 

प्रकाशित: १ फाल्गुन २०८० १९:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App