९ असार २०८१ आइतबार
image/svg+xml
समाज

डा.कोइरालाको पुस्तक ‘हृदय’ सार्वजनिक भएपछि बाहिर आयो बाँसबारी छालाजुत्ता प्रकरण

वरिष्ठ मुटु सर्जन डा. भगवान् कोइरालाको पुस्तक ‘हृदय’ सार्वजनिक भएपछि बाँसबारी छालाजुत्ता प्रकरण बाहिर आएको हो।

२०७९ भदौ २५ गते सार्वजनिक भएको पुस्तकको ‘पुरानो बाँसबारीको जग्गा बाँडफाँटमा झमेला’ शीर्षकमा डा. कोइरालाले लेखेका छन्, ‘२०५८ सालमा म त्यहाँ (गंगालाल हृदय केन्द्र) जाँदा तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाका नाममा रहेको जग्गा छरपस्ट भइसकेको थियो।

मुख्य कम्पाउन्डभित्रको जग्गा गंगालालको भोगचलनमा आइसकेको थियो। दक्षिणपट्टिको जग्गामध्ये १० रोपनी तत्कालीन च्याम्पियन शू  फ्याक्ट्रीको नाममा गइसकेको रहेछ।’ यसरी यो काण्ड बाहिर आएको हो।

यहि प्रकरण केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उद्योगपति अरुण चौधरी र बाँसबारी छालाजुता कारखानाको तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई पक्राउ गरेको छ।  

प्रकाशित: १८ माघ २०८० ०८:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App