५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

चार सय विपन्न परिवारलाई खाट

फाइल तस्बिर

झापाको शिवसताक्षी नगरपालिका ४ ले यहाँका विपन्न परिवारलाई खाट वितरण गरेको छ। शिवसताक्षी ४ ले यहाँका चार सय विपन्न परिवारलाई खाट वितरण गरेको हो।

विपन्न समुदायले जाडोमा चिसो भुइँमा सुत्नुपर्ने बाध्यतालाई दृष्टिगत गरी खाट वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले बताए। ‘वडामा अधिकांश विपन्न समुदायको बसोबास छ’, उनले भने, ‘घरमा खाट नहुनेलाई खाट वितरण गरेका हौँ।’

शिवसताक्षी ४ स्थित झापा इनर्जीमा सोलार प्यानल ढुवानीका क्रममा आएको प्लाइउड प्रयोग गरेर खाट बनाइएको वडाध्यक्ष प्रसाईंले बताए। खाट बनाउन प्रयोग भएका थप काठ र निर्माण खर्च विभिन्न संघसंस्थाबाट प्राप्त भएको उनले बताए।

वडा ४ मा पासवान, ताँती, मुसर, ऋषिदेव, सन्थाल, कर्मचार, मिश्री, थारू, तेली, राजवंशी, ताजपुरियालगायत सम्ुदायको घना बसोवास छ। –रासस

प्रकाशित: १४ माघ २०८० ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App