२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्राणप्रतिष्ठाका यजमान भारतीय प्रधानमन्त्री मोदी पुजामा

अयोध्याको राम मन्दिरमा आज रामललाको प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या आइपुगेका छन्। आजको प्राणप्रतिष्ठा कार्यक्रमको मुख्य यजमान प्रधानमन्त्री मोदी हुन्।

उनी श्री महर्षी वाल्मीकि हवाइ अड्डाबाट सडक मार्ग हुँदै राम मन्दिर अाइपुगेका छन्।प्रधानमन्त्री विमानस्थलबाट राम मन्दिर जाने राम पथमा सुरक्षा कडा पारिएको छ।सडकको दुवैतर्फ सांस्कृतिक झाँकी हुँदै छ।

प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन आमन्त्रित विशिष्ट व्यक्तिहरू अयोध्या आउने क्रम जारी छ।

कार्यक्रममा सहभागी हुन क्रिकेटर सचिन तेन्दुल्कर, विराट कोहली, अभिनेता अमिताभ बच्चन, विवेक ओबराइ, कंगना रनावत, रनदीप हुडा, चिरञ्जीवी, माधुरी दिक्षित, राम चरण अयोध्या आइपुगेका छन्।

प्राणप्रतिष्ठामा सहभागी हुन आज उद्योगपति मुकेश अम्बानी, टीना अम्बानी चार्टर्ड विमानबाट अयोध्या आएको छ। प्राणप्रतिष्ठाका लागि राम मन्दिरलाई बेहुलीझै सजाइएको छ।

प्रकाशित: ८ माघ २०८० ०६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App