२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

सबैको आकर्षण बन्दै खरिदार पद

फाइल तस्बिर

लोकसेवा आयोगले लिने परीक्षामा अप्राविधिक खरिदार पदमा सबैभन्दा बढी दरखास्त पर्ने गरेको पाइएको छ।

आयोगले निकालेका वार्षिक प्रतिवेदनहरूलाई हेर्ने हो भने सबैभन्दा बढी आवेदन अप्रा. खरिदार, त्यसपछि अप्रा. नायब सुब्बा र त्यसपछि अप्रा.शाखा अधिकृत पदमा बढी पर्ने गरेको छ।

आयोगका सूचना अधिकारी एकनारायण शर्माले खरिदार पदमा सबैभन्दा बढी दरखास्त पर्ने गरेको बताउँदै भने, ‘आर्थिक वर्ष २०७९/८०मा खरिदार पदमा २लाख ९ हजार ५सय ९५ दरखास्त परेको छ। जुन सबैभन्दा बढी सङ्ख्या हो ।’ शर्माका अनुसार उक्त आ।व।मा सो पदमा १लाख २२ हजार ४सय १६ महिला तथा ८७ हजार १सय ७९ पुरुषले आवेदन दिएका थिए।

यसै गरी अप्राविधिक नायब सुब्बा पदमा १ लाख ३३ हजार ६सय ७७ जनाले आवेदन दिएका छन्। जसमध्ये ७३ हजार ८सय ८४पुरुष तथा ५९ हजार ७सय ९३ महिला छन्। यसै गरी अप्राविधिक शाखा अधिकृत पदमा ५७ हजार ९सय ६९ आवेदन परेको छ। जसमध्ये ३५ हजार ६सय ६ पुरुष तथा २२ हजार ३सय ६३ महिला छन्।

खरिदार,नायब सुब्बा र शाखा अधिकृत सबैभन्दा बढी आवेदन अप्रा। उपसचिव पदमा परेको आयोगको भनाइ छ। उक्त पदमा ८ हजार ६ पुरुष तथा २ हजार ४सय ७६ महिलाको निवेदन परेको छ। त्यसपछि अप्रा। सहसचिव पदमा निवेदन परेको छ। सहसचिव पदमा २ हजार ४सय ८४ जनाको निवेदन परेको छ। जसमध्ये २ हजार १सय ३० पुरुष तथा ३सय ५४ महिला छन्।

आयोगको वार्षिक तथ्याङ्क अनुसार सबै भन्दा कम आवेदन मानव अधिकार सेवाका विभिन्न पदमा परेका छन्। आ.व. २०७९/८०मा मानव अधिकार सेवाका अधिकृत एघारौँ तह ९सहसचिव सरह०को पदमा ४ जनाका मात्र निवेदन परेको छ। यो नै एक वर्षमा सबैभन्दा कम निवेदन परेको पद हो। उक्त पदमा २ जना महिला तथा २ जना पुरुषको आवेदन परेको छ।

यसै गरी स्वास्थ्य सेवाको अधिकृत एघारौँ ९सहसचिव सरह०को पदमा एक वर्षमा १सय ४३ जनाको निवेदन परेको छ। जसमा ७३ पुरुष तथा ७० जना महिलाको निवेदन परेको छ। मानव अधिकार सेवाका अधिकृत दितीय (उपसचिव सरह) पदमा २सय २१ जनाको निवेदन परेको छ। जसमा १सय ४१ पुरुष तथा ८० महिलाको निवेदन परेको छ।

आ.व. २०७९/०८० मा आन्तरिक र खुला तर्फ ४ लाख ८३ हजार २ सय ३ जना व्यक्तिले लोक सेवा आयोगको परीक्षा दिन अनलाइन प्रणालीमार्फत दरखास्त दिएका थिए। परीक्षाका लागि फारम भर्ने मध्य ३ हजार ६ सय ७५ जना उम्मेदवार मात्र स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्। यसबाट आयोगको परीक्षा पास गर्न झनै चुनौतीपूर्ण रहेको देखिन्छ। त्यसमा पनि सरकारी सेवामा अवसर पाउनेहरूमा महिला १ हजार ९९ जना र पुरुष २ हजार ५ सय ७६ जना छन्।

आयोगले निकालेको तथ्यांक अनुसार सरकारी सेवाप्रति युवामा आकर्षण बढ्दै गएको देखिन्छ। अघिल्लो आर्थिक वर्ष (आ.व . २०७८/७९) मा परेको कूल दरखास्त सङ्ख्याभन्दा आ. व. २०७८/७९मा परेका दरखास्तको सङ्ख्या ३२.२३ प्रतिशतले बढी भएको पाइएको छ। आ. व. २०७८/७९मा ३ लाख ६५ हजार ४सय ३४ जनाबाट दरखास्त परेको थियो। आयोगका अनुसार पछिल्लो १० वर्षमा आयोगमा सबैभन्दा कम दरखास्त आ. व. २०७५/७६मा परेको थियो। त्यस वर्ष १ लाख ४३ हजार ७सय ५३ जना व्यक्तिबाट मात्र दरखास्त परेको थियो। यसै गरी सबैभन्दा बढी दरखास्त आ। व। २०७३÷७४मा परेको थियो। त्यस वर्ष ८ लाख ४४ हजार २सय ९७जनाबाट दरखास्त परेको थियो। आ. वं २०७९/०८०मा ५ सय ३ बढुवा सूचना, १ सय ४७ आन्तरिक प्रतियोगितात्मक परीक्षा, २ सय ९९ खुला प्रतियोगितात्मक परीक्षा र ६ सय ६७ वटा विभिन्न समावेशी गरी १ हजार ६ सय १६ वटा विज्ञापन तथा बढुवा सूचनाहरू प्रकाशन गरिएको थियो।

आयोगको तथ्याङ्क अनुसार लोकसेवा आयोगको परीक्षामा सहभागी हुनका लागि किसानका सन्ततिहरूमा बढी देखिएको छ। आ. व. २०७९/८०मा दिइएका कुल दरखास्तमध्ये ७९ दशमलव ६४ प्रतिशत दरखास्त कृषि पेसा अङ्गालेका बाबुआमाका सन्ततिले दिएको आयोगको रिपोर्टमा जनाइएको छ। कुल दरखास्त दिएका मध्ये १० दशमलव ६४ प्रतिशत व्यक्तिका आमा बाबु मात्र व्यवसाय गरेको रिपोर्टमा जनाइएको छ। रिपोर्ट अनुसार उक्त आ। व।मा १ दशमलव ८५प्रतिशत श्रमिकका छोरा छोरीले आयोगको परिक्षाका लागि दरखास्त दिएका छन्।

प्रकाशित: ७ माघ २०८० ०७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App