९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

रसुवामा दुई सय ४९ मानसिक रोगी

रसुवा – रसुवामा दुई सयभन्दा बढी मानसिक रोगी भएको तथ्य सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा दुई सय ४९ मानसिक रोगीको पहिचान भएको छ।

मानसिक रोगीमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रहेको कार्यालयले जानकारी दिएको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालसँगको सहकार्यमा कार्यालयले गरेको अध्ययनले दुई सय ४९ मानसिक रोगी रहेको तथ्य फेला पारेको हो।

सिएमसी नेपालले सोमबार सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गरी मानसिक रोगीको अवस्थाबारे जानकारी गराएको छ । तथ्यांकअनुसार जिल्ला अस्पतालमा ४०, जिबजिबे प्राथामिक स्वास्थ्य केन्द्रमा एक सय २७, स्याफ्रु स्वास्थ्यचौकीमा २७, ठूलोगाउँ स्वास्थ्यचौकीमा १७, पारच्याङ स्वास्थ्यचौकीमा ७, थाम्बुचेत स्वास्थ्यचौकीमा १३ र राम्चे स्वास्थ्यचौकीमा १८ जना मानसिक रोगीले सेवा लिइरहेका छन् ।

सिएमसी नेपालसँगको साझेदारीमा जिल्लाका ७ वटा स्वास्थ्य संस्थाबाट समुदायस्तरमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा उपलब्ध गराइएको कार्यालयका प्रमुख डा. गुणनिधी शर्माले बताए ।  भेटिएका रोगीले नियमित औषधि सेवन गर्नुका साथै परामर्शसमेत लिइरहेका छन् । मानसिक रोग देखिएका बिरामी औषधि तथा परामर्शका लागि जिल्लाका ७ वटा स्वास्थ्य संस्थाका साथै नुवाकोटको निजी क्लिनिकमा समेत जाने गरेका छन्।

कडा खालका मानसिक रोगीलाई भने मानसिक अस्पताल र रिदम न्युरो साइकाटिस क्लिनिकमा सिफारिस गर्ने गरिएको छ । मानसिक रोगीको पुनसर््थापनाका लागि जीविकोपार्जनमा समेत संस्थाले सहयोग पु¥याउँदै आएको छ । संस्थाले तीनजनालाई बाख्रापालन र सिलाइबुनाइका लागि सहयोग गरेको बताइएको छ । जिल्लाका स्वास्थ्य संस्थामा मासिक २५ प्रतिशत मानसिक समस्या भएका बिरामी पुग्ने गरेको संस्थाकी मानसिक स्वास्थ्य सामाजिक सहजकर्ता रमिता श्रेष्ठले बताइन् ।

प्रकाशित: १५ फाल्गुन २०७४ ०१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App