६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

ट्रक दुर्घटना हुँदा एक जना घाइते

कालिकोटको शुभकालिका  गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।

शुभकालिका गाउँपालिका वडा नम्बर २ भर्ता देखि, सेरिघाटकालागि छुटेको  कर्णाली  प्रदेश ०२००१ क०७२६ नम्बर को ट्रक अनियन्त्रित भएर करिब १० मिटर तल खसेको स्थानीय तीर्थराज शाहीले जानकारी दिए।

उक्त  ट्रकमा चालक र सहचालक मात्र दुई जना  रहेको प्रहरीको भनाइ छ।  चालक सकुशल रहेका छन् भने सह चालक गम्भीर घाइते भएमा छन्।

घाइते हुनेमा भताका स्थानीय दिघबहादुर शाही  रहेका छन्। घाइते शाहीलाई जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ।

प्रकाशित: २ माघ २०८० ०८:२२ मंगलबार

ट्रक दुर्घटना